
कञ्चनपुरमा जुवाखालबाट ५ जना पक्राउ परेका छन्। भिमदत्त नगरपालिका वडा नम्बर ४ स्थित ४ नम्बर गल्लीबाट स्थानिय विनोद गुप्ताको घरमा जुवातास खेल्ने क्रममा ५ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १८ का ६२ वर्षीय को रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय बिनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी गुप्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको बताए। उनका अनुसार उनीहरुको साथबाट ४६ हजार २०७ नगद र ५२ पत्ति भएको तासको १ गड्डी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22