सरकारी कार्यालयलाईहरु सटर भाडा मिनाह गर्न माग
2020/06/08, 5:18
 
korona

कैलाली उद्योग वाणिज्य संघले सरकारी कार्यालयलाईहरु सटर भाडा मिनाह गर्न माग गरेको छ । सरकारले सबै घरधनीहरुलाई घर भाडा मिनाह गर्न आव्हान गरेको अवस्थामा सरकारी कार्यालयका व्यवसायिक सटरहरुको भाडा मिनाह गर्न माग गर्दै उद्योग वाणिज्यले सरकारी कार्यालयहरुलाई ज्ञापन पत्र वुझाएको हो ।  

2

2

b

2

व्यावसायिक सटरको लकडाउन अवधिको भाडा मिनाह गरि आम घरधनीलाई उदाहरण बन्न र व्यवसायीको आभास दिलाउन अनुरोध पत्र सहित धनगढीका सबै व्यावसायिक सटर भएका सरकारी कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए । 

 

2

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड, सेती  प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा प्रसाद जोशी, खाद्य संस्थान, साल्ट टे«डिङ, कृषि सामग्री कम्पनी, धनगढी नगर विकास समिति लगायतका सरकारी कार्यालय तथा संस्थानका प्रमुखहरुलाई भेटेर व्यवसायीहरुका तर्फबाट ज्ञापन पत्र बुझाउदै लक डाउनको अबधिको भाडा नलिन आग्रह गरेको हो ।

Image may contain: 4 peopleटोलीमा संघका प्रथम उपाध्यक्ष पुष्कर ओझा, महासचिव ओम बिष्ट लगायतको सहभागिता रहेको थियो । अध्यक्ष कुँवरले भाडा मिनाहाका लागि संघले गरेको आग्रहमा सरकारी कार्यालयका प्रमुखहरु सकारात्मक रहेको बताए । उनले लकडाउनको अबधिको भाडा नलिन सरकारले घरधनीहरुलाई समेत आग्रह गरिसकेको अवस्थामा सरकारी कार्यालयबाट त्यसको शुरुवात गर्न आग्रह गरे ।