पहिरोले बन्द रहेका सुदुरपश्चिमका राजमार्ग अझै खुलेनन्
2021/06/19, 9:28
 
dd

सुदुरपश्चिम प्रदेशमा पहिरोले बन्द रहेका राजमार्ग अझै खुल्न सकेको छैन । लगातारको पानीले पहिरो जाँदा विभिन्न राजमार्गमा पहिरो जाँदा सडक बन्द छन् ।

कतिपय सडक मर्मतपछि एकतर्फी खुलेको छ भने कतिपय सडक दुईतर्फी नै खुलेको छ ।

साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बार्जुगाड र हड्डेखोला, खोड्पे चैनपुर सडकमा पर्ने बझाङको कचाली र तमैल सडक अझै पनि बन्द छ ।

यी राजमार्ग अन्तर्गत पर्ने सडक खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।