अछामबाट हेलिकप्टरमा उद्धार गरी कोहलपुर लगिएकी गर्भवतीमा कोरोना पुष्टि भएको छ । अछामको चौरपाटी गाउँपालिका वडा नम्वर ५ की २५ बर्षीय गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगंज मेडिकल कलेज लगिएकेमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सिम्रीक एयरको हेलिकोप्टर मार्फत उनलाई उद्धार गरी सोमवार कोहलपुर लगिएको थियो । सामाजिक विकास मन्त्रालयको ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाको उद्धार कार्यक्रम अन्तरगत उनलाई थप उपचारका लागि पठाईएकामा कोरोना परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको नेपालगंज मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले पुष्टि गरे ।
यसैबीच मंगलवार एक दिनका लागि नेपालगंज मेडिकल कलेजका ओपिडीहरु बन्द हुने भएका छन् । कोरोना पुष्टि भएकी गर्भवतीको आन्द्रा बेरिएका कारण आपतकालीन शल्यक्रिया गर्नका लागि अस्पतालका सम्पुर्ण वहिरंग विभाग बन्द गरिएको सह निर्देशक डाक्टर कडौडियाले जानकारी दिए । अछामको वयलपाटा अस्पतलाबाट रेफर भएर त्यहाँ लगिएकी महिलाको शल्यक्रिया पछि वुधवारदेखि सवै सेवा सुचारु हुने नेपालगंज मेडिकल कलेज कोहलपुरले जनाएको छ ।