बजेटलाई लिएर आफ्नै पक्षका सांसदको चर्को बिरोध खेपिरहेको सुदूरपश्चिम प्रदेश सरकार यतिबेला आफ्ना पक्षका सांसदहरुलाई मनाउँदै छ भने बिपक्षी सांसदहरुलाई फकाउँदैछ । बजेटलाई लिएर सत्तापक्ष र बिपक्षी दलका सांसदहरुको चर्को बिरोध भएपछि प्रदेश सरकारले बुधवार पहिलो चरणमा आफ्ना दलका सासदहरुसंग छलफल ग¥यो । नेकपा एमालेको संसदीय दलको कार्यालयमा आफ्ना सांसदहरुसंग छलफल गरेको प्रदेश सरकारले व्यक्तिगत रुपमा पनि बजेटलाई लिएर बिरोध नगर्न आग्रह गरेको छ ।
बुधवार साँझ आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता र सांसद भरत बहादुर खड्कासंग बजेटलाई लिएर छलफल गरे ।मन्त्री शाहले बजेटमा भएका कमजोरीलाई सच्याउने समेत प्रतिबद्धता गरे । यद्दपि बजेट पास गरिदिन र बजेटलाई लिएर बिरोध नगर्न प्रतिपक्षी दलका नेता रावल र खड्कासंग मन्त्री शाहले आग्रह गरे ।
नेपाली काँग्रेसका संसदीय दलका नेता रावलले मन्त्री शाहसंग छलफल भएको स्वीकार गरे । उहाँले बजेटका विषयमा छलफल गर्नुपर्ने भन्दै बोलाउनुभयो, उहाँले बजेट पास गरिदिन आग्रह गर्नुभयो, नेता रावलले भने, हामीले संबिधान मिचेर ल्याएको बजेटलाई समर्थन गर्न नसक्ने बतायौ । सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला मन्त्री पूर्णा जोशीले बजेटलाई लिएर आफ्ना पार्टी र बिपक्षी दलका नेताहरुसंग छलफल भएको बताईन् ।