बयालपाटा अस्पतालमा भर्ना भएकी गर्भवतीमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा बन्द
2020/06/09, 10:35

अछामको बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालमा भर्ना भएकी गर्भवती महिलामा कोरोना भाईरस पोजेटिभ देखिएको भन्दै आकस्मिक र भर्ना भएका बिरामी बाहेकका सेवा बन्द गरिएको हो ।

उनी गर्भवतीको सम्पर्कमा धेरै स्वास्थ्यकर्मी सम्पर्कमा आएको भन्दै अस्पतालले संक्रमण फैलिन नदिन र जोखिम कम गर्न सुचना जारी गर्दै सेवा बन्द रहने जानकारी गराएको हो । साथै गर्भवती महिलाको सम्पर्कमा आएका स्वास्थ्कर्मीको पिसिआर परिक्षणका लागि सम्बन्धित निकायमा पहल भईरहेको अस्पतालले जनाएको छ ।

शनिबार बयापाटा अस्पताल आएर सोमबार मात्रै कोहलपुर रेफर गरिएकी गर्भवती महिलामा कोरोनाको संक्रमण देखिएको छ ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01