
कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका ३ कुचैनीमा से२प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम आइरहेको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका १७ धुर्जनाका करिब २८ब वर्षीय सिताराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
चौधरी सवार मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो । गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11