केन्द्रीय गठबन्धनको आडमा प्रदेश सरकार जनविरोधी काम गर्न पाउदैन: महर
2021/06/27, 5:53
 
dd

नेपाली काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले केन्द्रीय गठबन्धका आडमा सुदूरपश्चिम सरकार लाई जनताको खिलापमा काम गर्ने छुट नभएको कुरा बताएका छन । नेपाली काग्रेंस सुदूरपश्चिम संसदीय दलमा भएको सांसदहरु संग छलफलमा उनले केन्द्रित तहमा पाँच दल बीचको गठबन्धन केपी ओलीको सर्वसत्तावादका खिलाप भए पनि माओवादी नेतृत्वको प्रदेश सरकार यसै गरि अनियमितता र जनविरोधी कार्य गरिरहे काँग्रेसले काँध नथाप्ने समेत बताए ।

सरकारको छद्मभेषी चरित्रका कारण सुदूरपश्चि सरकार संग मिलेर काम गर्न काग्रेंसलाई अप्ठेरो भईरहेको बताएका हुन् । छलफलमा सहभागी सांसदहरुले केन्द्रको गठबन्धनका कारण प्रदेश सरकारले गरेका काम कारवाहीको बारेमा काग्रेंसका प्रदेश सभा सदस्यहरुले विरोध गर्न नसकेको गुनासो गरेका थिए ।

माननीयहरुसँग प्रदेश संसदलिय दलमा भेटघाट गर्नु हुँदै युवा नेता नैनसिंह महरले भने–‘केन्द्रको गठबन्धनको कारण प्रदेश सभामा काग्रेंसले सरकारका अनियमित आचरणको भारी बोक्नु जरुरी नभएको बताउदै महरले , प्रदेश सरकार मनमौजी कार्य न रोकेमा र केन्द्रमा आन्दोलनरत पाँच दलिय गठवन्धनले प्रदेश काँग्रेसको राय नसुने सरकार दुर्घटनामा पर्ने उनले बताए ।

सुदुरपश्चिम प्रदेश सरकारले आफ्नो पार्टी नजिकका प्राईभेट लिमिटेडलाई यो वर्षको बजेटमा एक करोडदेखि ५ करोडसम्म रकम छुट्याएको बताउँदै उनले सबै मन्त्रालय अन्तर्गत नीतिगत भ्रष्टाचारको थालनी गरेको कारण वर्तमान प्रदेश सरकारको औचित्य सकिएको महरको भनाई छ ।

महरले अतिवादी चरित्र भएका कम्युनिष्टका कारण मुलुकको प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको बताए । अतिवादी चरित्र भएका, सत्तालिप्सावादी कम्युनिष्टका कारण नेपाली जनताको बलिदान र ठूलो संघर्षबाट प्राप्त प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको उनले बताए ।