बैठकमा मोबाइल नचलाउन सांसदलाई सभामुखको रुलिङ
2021/06/28, 9:27
 
dd

सुदूरपश्चिम प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले सांसदहरूलाई मोबाइल नचलाउन भनेका छन् । सोमबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बैठकमा उठेका प्रश्नहरू माथि जवाफ दिँदा सभामुख थालो मोबाइल नचलाउन रुलिङ गरेका थिए ।

आइतबारको प्रदेश सभा बैठकमा केहि सांसदहरूले मोबाइल चलाइरहेको र केहि सांसद निदाएको तस्बिरहरू बाहिर आएपछि आठौँ अधिवेशनको १९औँ बैठक सभा बैठकमा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गरेका हुन् ।

‘माननीय सदस्यहरुलाई मोबाइल नचलाउन हुन म अनुरोध गर्दछु’ सभामुख थापाले भनेका थिए । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले ३० अर्ब ३३ करोडको बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमाथि प्रदेश सभामा छलफल सुरु भएको छ।