
धनगढी उप–महानगरपालिका क्षेत्र भित्रका अती बिपन्न अति अशक्त अपाङ्गलाई मंगलबार राहत उपलब्ध गराईएको छ । धनगढी उप–महानगरपालिकाको समन्वयमा लुथरन विश्व फेडरेशन, दिगो विकास समाज र अपाङ्ग समन्वय समितिले १ सय ३० जना अपाङ्गलाई नेपाल सरकारको मापदण्ड अनुसारको हात चामल, तेल, नुन, साबुन लगायतको सामाग्री हस्तान्तरण गरेको हो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले राहत पाउनबाट छुटेका भए अती बिपन्न अशक्त अपाङ्गलाई फेरी पनि राहत उपलब्ध गराउने बताए । सबै सहयोगि मनहरुका कारण राहत उपलब्ध गराउन सजिलो भएको नगरप्रमुख वडले बताए । रातह वितरणमा अपाङ्गहरुका अगुवा धर्म ओझा र नन्दराज भट्टले समन्वय गरेका थिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01