सुदूरपश्‍चिम प्रदेश सभामा मन्त्री खड्काको ब्रिफिङ-‘प्रदेशले खोप किन्‍न पाइन्‍न भन्यो’
2021/06/28, 9:46
 
aa

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना विरुद्धको खोप किन्ने प्रदेश सरकारको योजनालाई संघ सरकारले कार्यान्वयन गर्न नमिल्ने बताएको जानकारी गराएका छन् ।

‘संघ सरकारबाहेक अन्य सरकारहरले प्रत्यक्ष खोप किन्न सक्ने प्रावधान रहेन छ,’आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले भने, ‘संघ सरकारका स्वास्थ्यमन्त्री र सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरुको जुम बैठकमा स्वास्थ्यमन्त्रीले संघ सरकार आफै खोप किन्ने प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।’

संघ सरकारका मन्त्रीले असोजभित्र ४० प्रतिशत नागरिकलाई खोप उपलब्ध गराइसक्ने बताएको मन्त्री खड्काले प्रदेश सभामा जानकारी गराए । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीविरुद्धको खोप खरिदलगायतका कार्यका लागि ९० करोड विनियोजन गरेको बताए ।