
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८४ नमूना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका ८ जना र कैलाली ९ जना र अन्य जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
जसमध्ये २ जना भेन्टिलेटर ५ जना आइसियूमा, ८ जना अक्सिजन सपोर्टमा उपचाररत छन् पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना कोरोना जितेर घर फर्किएका छन भने ३ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:19
2021/01/14, 9:19
2021/09/28, 1:54
2022/08/20, 5:58