सुदुरपश्चिममा पहिलो पटक दुई महिला सहितका ३ जना प्रहरीलाई कोरोना पुष्टि
2020/06/09, 1:22

सुदुरपश्चिम प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ भएको छ । सेती प्रादेशिक अस्पताले सोमबार जारी गरेको सुचनामा कोरोना पुष्ठि भएका ३७ जना मध्ये ३ जना प्रहरी कञ्चनपुरमा कार्यरत प्रहरी रहेको बुझिएको छ ।

दुई जना महिला र एक जना पुरुष गरी ३ जना प्रहरीमा कोरोना पोजिटिभ भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुबेदीले पुष्टि गरे ।
कंचनपुरको भारतसँग जोडिएको सीमानाका गड्डाचौकीमा भारतबाट आउने नेपालीहरुको समन्वयका लागि खटिएको दुई जना र क्वारेन्टिन सुरक्षार्थ खटिएको एक जनालाई कोरोना पोजिटिभ भएको डिआइजी सुबेदीले बताए । उनले कोरोना पोजिटिभहरुको महाकाली अस्पतालको आईसोलेशनमा उपचार भैरहेको बताए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/12, 4:08
2021/05/22, 11:16
2021/12/27, 5:28
2023/01/08, 4:57