कञ्चनपुरमा नदिमा डुबेर एक किशोरको मृत्यु
2021/06/29, 10:42
 
aa

कञ्चनपुरमा नदिमा डुबेर एक किशोरको मृत्यु भएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ बस्ने १५ वर्षीय करन सुनारको सोमबार बेलडाँडी गाउँपालिका वडा नम्बर ५ झिलमिला स्थित चौधर नदिमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोमबार बिहान ०९ः४५ बजेको समयमा चौधर नदिमा नुहाउने क्रममा उनी बेपत्ता भएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्कीको कमाण्डमा ७ जना र पानीमा खोज तथा उद्धार (गोताखोर) सहितको टोलीले उक्त स्थानमा ४/५ घण्टा पानीमा खोजतलास गर्दा सोमबार अपराह्न ४ बजेको समयमा उनी मृत फेला परेका हुन् ।

चौधर नदिमा अन्दाजी २०/२५ फिट तल भुमरीमा काठ तथा तारको जालीमा फसिरहेको अवस्थामा शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए।