
दार्चुलाका ३ स्थानीय तहमा कोरोनाका बिरामीको सँख्या शून्यमा झरेको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, र नौगाड गाउँपालिमा कारोनाका सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयले दार्चुलाले जनाएको छ।

यस्तै जिल्लाका अन्य ६ वटा स्थानीय तहमा भने ३३ जना सँक्रमितहरु रहेका छन्। अपि हिमाल गाउँपालिकामा १ जना, महाकाली नगरपालिमा ५ जना, दुहुँ गाउँपालिमा ८ जना, व्याँस गाउँपालिकामा ५ जना, मार्मा गाउँपालिकामा १० जना, र शैल्यशिखर नगरपालिमा ४ जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
दार्चुलामा हाल सम्म ३ जना महिला सहित ११ जनाको कोरोनामा कारण मृत्यु भएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18