
सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९३ नमूनाको कोरोना परिक्षण गरिएकोमा २८ नमूनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा थप ६ कोरोना संक्रमित उपचाररका लागि भर्ना भएका छन । हाल सेती अस्पतालमा १७ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ४ जनाको आईसियु र २ जनाको भिन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमितका लागि १९ जनरल वेड, १६ आईसियु वेड, ५५ एचडियु वेड र ४५ ईमर्जेसी वेड रहेको अस्पतालमा दोश्रो लहरको कोरोना फैलिएयता हालसम्म १ हजार २ सय ६० जनाको उपचार भएको छ । जसमध्ये १ हजार ६३ जना निको भएका छन भने १ सय ८० जनाको मृत्यु भएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18