कैलालीका पसलहरु आजदेखि १२ घण्टा खुल्ला
2021/06/30, 9:17
 
aa

कैलालीमा सम्पुर्ण पसलहरु आजदेखि १२ घण्टा खुल्ला गर्न पाईने भएको छ । बिहान ६ देखि साँझ ६ बजेसम्म खोल्न पाईने कैलाली प्रशासनले जनाएको छ । दैनिक रुपमा विहान ६ बजेदेखि पसलहरु खुल्दै आएकोमा अब साँझको ६ बजेसम्म खोल्न पाईने भएको हो ।

यसअघि विहान ६ बजेदेखि ३ बजेसम्म खोल्न पाईने नियम थियो । ३ घण्टा थप भएर दैकि १२ घण्टा खुल्ला गर्न पाईने निर्णय  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले गरेको हो । केन्द्रले जिल्लामा लकडाउन खुकुलो पनि गरेको छ ।

रेष्टुरेण्ट,जीमखाना, फिल्ममाथि लगाएको रोक यथावत छ । तर रेष्टुरेण्टले टेक अवे सुविधा भने दिन पाउने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।

वर्कशप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ । सो अवधिमा सम्पुर्णले सुरक्षा मापदण्डको पालना गर्न समेत आग्रह गरिएको छ ।