कैलालीमा दुई महिनापछि सार्वजनिक सवारीसाधन चलेका छन् । आजदेखि कैलालीमा जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएपछि सार्वजनिक सवारी चलेका हुन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा सार्वजनिक सवारी साधन जोर– बिजोर प्रणालीमा चलाउन पाइने आदेश गरेपछि दुई महिनापछि सार्वजनिक सवारी सञ्चालनमा आएका हुन् ।
गत वैशाख १६ गतेदेखि लकडाउन भएप्छि सार्वजनिक सवारी साधान बन्द रहेका थिए । जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउन पाइनेछ ।
अटो, मोटरसाइकल र स्कुटीमा पनि जोर–बिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । त्यसका साथै ढोकामा सेनिटाईजरको व्यवस्था पनि अनिवार्य गरेको छ ।