बाजुरामा एकसय २४ घरपरिवार त्रिपालको बास
2021/06/30, 9:41
 
aa

बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका ९७ घरपरिवार अहिले त्रिपाल मुनीको बास बस्दै आएका छन् ।गत जेठ २९ गते र असार ३ गते आएको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो आएर पुरै गाउँ जोखिम भएपछि हिमाली गाउँपालिका ४ का २७ र वडा नं ५ को क्यूडीका ९७ गरी १२४ घरपरिवार अहिले खुल्ला आकासको त्रिपालमुनीको बास बस्दै आएका छन् ।

हिमाली गाउँपालिका ५ का स्थानीय दलबिर सार्कीले भने, सडक भाँसिदा गाउँ जोखिममा रहेको छ । त्यही जोखिम भएको ठाउँमा बास बसौँ भने कतिबेला पहिरोले बगाएर लिन्छ,त्यसैले सुरक्षितका लागि गाउँ नजिकैको चौरमा त्रिपाल हालेर बास गर्दै आएका छौँ । जेठ २९ गतेदेखि असार दोस्रो सातासम्म लगातार आएको अविरल वर्षाका कारण गाउँमाथिको सडकनै तल भाँसिएपछि गाउँ जोखिममा रहेको हिमली गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अम्मलाल कार्कीले बताए ।

अहिले बाढीपहिरोबाट प्रभावित भएका घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको हिमाली गाउँपालिका सूचना अधिकारी पराम पाण्डेले बताए । हिमाली र स्वामीकार्तिक गाउँपालिकाको पछिल्लो अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय सुरक्षा निकायको सम्मिलित टोली प्रभावित क्षेत्रमा पठाएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको भनाई छ ।