
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९२ नमूना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये २ जना भेन्टिलेटर, ५ जना आईसियू र १३ जना अम्सिजनको सर्पोटरमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ३ जना जना बिरामी भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18