कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी
2021/06/30, 1:48
 
dd

कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिकाको वडा नम्बर १ वनगाउँका स्थानीयले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन ।

उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन । नगरपालिकाको हालको वडा नं. १ को वडा बिभाजनमा अन्याय भएको भन्दै स्थानीयले तालाबन्दी गरेको बताएका छन् ।

नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं. १ लाई ५ वडामा विभाजन गर्ने तयारी थालेको छ । वनगाउँमा थारु समुदायको बसोबास रहेको छ । उनीहरुले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाउको आरोप लगाएका छन । टीकापुर नगरपालिकामा हाल ९ वटा वडा छन ।