
अछामको बान्नीगढी जयगढ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । गाउँपालिकाको केन्द्र जयगढ बजारबाट वडा नम्बर ४ तिमिल्सैन तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने अनुमान छ । बिहीबार आज ढुङ्गा ओसार पसार गर्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक र एक यात्रु घाइते भएका हुन् ।
घाइते हुनेमा चालक २४ वर्षका खकेन्द्र बोहरा र ५० वर्षका पूर्ण बहादुर ठकुल्ला रहेका छन् । उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/06/20, 7:38
2020/10/24, 2:24
2022/01/05, 12:40