
बिहीबार बिहान भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु भएको छ । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन नावली नजिकै बिहीबार बिहान भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका २४ बर्षिया सहचालक खकेन्द्र बोहराको मृत्यु भएको हो ।

गाउँपालिकाको केन्द्र जयगढ बजारबाट वडा नम्बर ४ तिमिल्सैन तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब ७ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका बोहरालाई उपचारका लागी बयालपाटा अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि घाइते भएका पूर्ण ठकुल्लाको उपचार भइरहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18