
ईलाका प्रहरी कार्यालय कोहलपुरले पाटेबाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो १ः४५ बजेको समयमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुर स्थित सडकमा दुर्लभ वन्यजन्तु पाटेबाघको छाला ल्याउदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो।

विषेश सूचनाको आधारमा ईलाका प्रहरीबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरि नियन्त्रणमा लिएको छ। मेल्लेख गाउँपालिका ३ का वर्ष २७ का डम्बर बुढा र रामारोशन गाउँपालिका वडा ५ का वर्ष ३५ का नन्दु बुढालाई बाघको छालासहित नियन्त्रणमा लिएको ईलाका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए।
उनीहरुले बोकेको झोलाको खानतलासी गर्दा दुर्लभ वन्यजन्तु पाटेबाघको थान २ छाला बरामद गरि आवश्यक अनुसन्धान भईरहेको डिएसपी खनालले बताए।

2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 7:04
2021/05/16, 11:10
2021/12/14, 12:33