सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि हुँदा २० जना निको, संक्रमित मृतकको संख्या शून्य
2021/07/01, 8:30
 
bb

सुदूरपश्चिम प्रदेशमा बिहिबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य भएको छ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमित निको भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा १०८८ नमुना परीक्षण गरिएको छ । जसमध्ये ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालमा १ जना, सेती अस्पतालमा १९ जना, डोटी अस्पतालमा १ जना, बझाङ्गमा ४ जना र महाकाली अस्पतालमा ७ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।