सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि, ३१ जना निको, मृतकको संख्या शून्य
2021/07/02, 8:07

सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार पिसिआर बिधिबाट १ सय ६६ नमुनाको कोरोना परिक्षण गर्दा ३४ र ७ सय २० नमूनाको एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा २२ संक्रमित थपिएका हुन ।
यो संगै प्रदेशका कोरोना संक्रमितको संख्या ४३ हजार ८ सय ३० पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ३१ संक्रमितले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना निको हुनेको संख्या ३४ हजार ९ सय ३४ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाका कारण ज्यान गएको छैन । प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ७० रहेको छ ।
2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 7:04
2021/05/16, 11:10
2021/12/14, 12:33