
करेन्ट लागेर घाईते भएका डोटीको जोरायल गाउँपालिका–२ रुपसकाँडाका ५१ बर्षिय रण बहादुर थापाको मुत्यु भएको छ । उनि असार ६ गते बारीमा मौवाको रुखमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा घाइते भएको थिए ।

उनको शुक्रवार विहान आफ्नै निवासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्ष दान बहादुर मल्लले बताए ।
करेन्ट लागेपछि उपचारको लागि स्वास्थ्य चौकी बुडर लगिएका उनको त्यँहा उपचार सम्झव नभएपछि धनगढी स्थित निसर्ग अस्पतालमा रेफर गरिएको थियो । निसर्ग अस्पतालले थापालाई असार १६ गते डिस्चार्ज गरेको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11