
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना भेन्टिलेटर, ३ जना आईसीयूमा र ७ जना अक्सिजनको सर्पोटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै ४ जनाको अवस्था भने सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ६ जना निको भई घर फर्किएका छन् भने ३ जना बिरामी अस्पतामा भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ की ७७ बर्षीय महिला रहेकी छन् ।

2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 7:04
2021/05/16, 11:10
2021/12/14, 12:33