कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ
2021/07/04, 4:18
 
corona

कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। 

जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरीयास्थित पूर्वपश्चिम राजमार्गबाट बा५८प ४८७८ नम्बरको मोटरसाइलकमा सवार कृष्णपुर–२ वाणी बस्ने २४ वर्षीय किशोर भण्डारी र २० वर्षीय राजेन्द्र गिरी पक्राउ परेका हुन्। 

उनीहरुको साथबाट १ ग्रांम १३० मिलीग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताए। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको उनले बताए।