
डडेल्धुराको परशुराम नगरपालिका वडा नं ८ जमरानीमा स्वास्थ्यकर्मी अस्मिता धामीको मृत्यु प्रकरणबारे राष्ट्रियसभामा प्रश्न उठेको छ । राष्ट्रियसभाको आठौं अधिवेशनको दोश्रो बैठकमा राष्ट्रियसभा सदस्य महेश कुमार महराले अहिलेसम्म हत्यारा पत्ता नलागेको भन्दै के अब अस्मिताले पनि निर्मालाको जस्तै नियति भोग्नुपर्ने हो ? वा अस्मिता धामीले न्याय पाउँछ भन्दै प्रश्न गरेका हुन् ।

अस्मिता धामीले न्याय पाउने भए कहिले पाउँछिन् र हत्यारा कहिले पत्ता लगाउनुहुन्छ ? भन्दै महराले गृहमन्त्री बिष्णु पौडेललाई प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री पौडेलले गृह प्रसासन सक्रियताका साथ अनुसन्धानमा लागेको र छिट्टै नै अपराधीलाई कानूनि दायरामा ल्याइ कानून बमोजिमको कारवाही गर्ने बताए ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/19, 8:36
2021/01/29, 1:05
2021/08/18, 1:20
2022/06/04, 5:12
2022/08/18, 3:32