धनगढी उपमहानगरपालिका र क्षेत्रिय शहरी विकास आयोजनाको संयूक्त लगानीमा वडा नं. ८ मा निशुल्क व्यायम केन्द्र स्थापना भएको छ । कोरोना महामारीको बेला सबै जना घरमै बस्नु पर्ने बाध्यताले तौल बढिरहेको साथै शारीरिक व्यायम नपुगेर शरिर अस्वस्थ्य भईरहेकोलाई नगरपालिकाले निशुल्क रुपले योग अभ्यास केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।
यो विधि शरीरलाई स्वस्थ्य राख्ने एकदमै उपयूक्त विधि रहेको नगरपालिका उप प्रमुख शुसिला मिश्र भट्टले बताईन् ।
उनले आईतबार केन्द्रको अनुगमन गर्दै व्यायम केन्द्रलाई लैंगिक मैत्रि बनाउन उपलब्ध फिटनेस सामाग्रीमा महिलाहरुको छुट्टै नेमप्लेट टाँस्न वडा अध्यक्ष नरायण बराललाई निर्देशन दिए ।
व्यायम केन्द्रमा योग अभ्यासको लागि योगहलको पनि व्यवस्था गरिएको छ । व्याय केन्द्र सोमबार उद्घाटन हुने उपप्रमुख मिश्र भट्टले जानकारी दिईन् ।