निषेधाज्ञा अवधिको जरिवाना छुट गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय
2021/07/05, 10:43

यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयमा हुने दर्ता र नवीकरणमा जरिवाना छुट गर्ने सुदूरपश्चिम प्रदेश सरकारले निर्णय गरेको छ । यातायात व्यवस्था कार्यालय कैलाली, कञ्चनपुर, सेवा कार्यालय डोटी र डडेल्धुरामा हुने दर्ता र नवीकरणमा छुट दिने निर्णय गरिएको हो ।

आर्थिक मामिला मन्त्रालयको मन्त्री स्तरीय बैठकले निषेधाज्ञा अवधिमा छुट दिने निर्णय भएको हो । निषेधाज्ञाकै समयमा कर बुझाउने अवधि पुगेका सवारी धनीहरुलाई सवारी साधन पूर्णरुपमा खुलको १५ दिनभित्र कर बुझाउँदा जरिवाना छुट गर्ने निर्णय गरिएको मन्त्रालयका शाखा अधिकृत खगेन्द्र साउँदले जानकारी दिए ।
मन्त्रालयले निर्णय कार्यान्वयनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाएको छ भने यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयलाई पनि जानकारी गराइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18