सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीले सिमा समस्या समाधानको लागि संघ सरकार सँग समन्वय गरिने बताएकी छिन् । सोमवार कञ्चनपुर जिल्ला स्थित भारत सँग सिमा जोडिएका क्षेत्रहरुको अनुगमन तथा निरिक्षण गर्दै मन्त्री जोशीले जिल्लाका सिमा समस्या समाधानको लागि प्रदेश सरकारले संघ सरकारसँग समन्वयकारी भुमिका निर्वाह गरिरहेको समेत बताएकी हुन् ।
कोरोना कालपछि सिमा क्षेत्रको अवस्था बुझ्न कञ्चनपुर पुगेकी मन्त्री जोशीले सिमाको समस्या प्रदेश सरकारले मात्रै हल गर्न नसक्ने भन्दै त्यसको हलको लागि संघ सरकारसँग प्रदेश सरकारले समन्वय गरिरहेको बताइन् । “भारत सँग जोडिएका विभिन्न क्षेत्रमा सिमा समस्या रहेको छ, सिमा समस्याको बारेमा सिमामा तारजाली लगाउनु पर्छ भन्ने आवाज पनि सुदूरपश्चिम प्रदेश सभामा उठेको अवस्था छ ।” कानून मन्त्री जोशीले भनिन्, सिमा समस्यालाई हल गर्न प्रदेश सरकार संघ सरकारसँग समन्वयकारी भुमिकामा रहेको छ, आवश्यक निषर्कष निकालेर सिमा समस्या हल गर्ने तर्फ प्रदेश सरकार लागिपरेको छ ।”
यस्तै जिल्लाका अधिकासं क्षेत्रमा विओपी राखिएको भएपनि विओपीको व्यवस्थापनको लागि पनि प्रदेश सरकारले सहयोग गर्ने उनको भनाई छ । कञ्चनपुर जिल्लाको गड्डाचौकरी र गौरीफन्टा नाकालाई कोरोना माहामारीको जोखिमलाई न्युनिकरण गर्नको लागि प्रदेश सरकारले थप व्यवस्थित गर्ने प्रदेश सरकारको योजना रहेको उनले बताइन् । कोरोना महामारीको तेस्रो लहरलाई मध्यनजर गरेर त्यसको व्यवस्थापनको लागि पनि प्रदेश सरकारले आवश्यक समन्वय तथा सहकार्य गर्दै आईरहेको जनाएको छ । जिल्लामा अहिले २० स्थानमा विओपी स्थापना भएका छन् ।
अनुगमनमा मन्त्री जोशी सँगै कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्द, प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला निकायको अनुगमन कार्यक्रममा सहभागिता रहेको थियो । यस अघि असार ४ गते मन्त्री जोशीले कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको स्थलगत अनुगमन समेत गरेकी थिईन् ।