कैलाली र कञ्चनपुरमा मात्रै कोरोना संक्रमितको सङख्या ८८ पुगेको छ । मंगलबार कैलालीका १० र कञ्चनपुरका एक जनामा थप कोरोना पुष्टि भएको हो । योसँगै दुई जिल्लामा मात्रै कुल संक्रमितका आधा संक्रमित दुई जिल्लामा फेला परेका हुन् । यो संख्या कुल संक्रमितको ५५ प्रतिशतभन्दा वढी हो ।
कैलालीका सात जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा संक्रमितको संख्या ५५ पुगेको छ । सुदूरपश्चिममै सबैभन्दा बढि संक्रमित कैलालीमै रहेका छन । कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ बर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।
कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा २० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै धनगढी उप–महानगरपालिकामा ११ जना, जानकी गाउँपालिकामा ९ जना, टीकापुर नगरपालिकामा ८ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, मोहन्याल र बर्दगोरिया गाउँपालिकामा एकरएक जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित मध्ये हालसम्म ९ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन ।
कञ्चनपुरमा मंगलबार शुक्लाफाँटा नगरपालिकाका २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । सोमवार पनि शुक्लाफाँटा नगरपालिका ७ का एक जनामा कोरोना पुष्टि भएको थियो । योसँगै शुक्लाफाँटामा संक्रमितको संख्या पाँच पुगेको छ । कञ्चनपुरमा सोमवार एकैदिन १९ जना कोरोना संक्रमित थपिएका थिए । धनगढी स्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कञ्चनपुरका १९ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु मध्ये सबैभन्दा पुर्नवास नगरपालिकाका १३ जना रहेका थिए । यसअघि ७ जना पुर्नवास नगरपालिकाका रहेका थिए । यो नगरपालिकामा मात्रै संक्रमितको संख्या २० पुगेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ६ का दुई जना, वडा नम्बर १८ का एक जना, वडा नम्बर १७ का एक जना र वडा नम्बर २ का एक जना गरी भिमदत्त नगरपालिकामा मात्रै ७ जना संक्रमित पुगेका छन् । वेतकोट नगरपालिका एक पुरुष भने कोरोना जितेर घर फर्किसकेका छन् । प्रदेशकै पहिलो पटक चैत १४ गते कोरोना संक्रमण देखिएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ वर्षीय युवक र बैशाख १ गते संक्रमण पुष्टि भएकी लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीय महिला कोरोनाई जितेर घर फर्किसकेका छन्। जानकी गाउँपालिकाका ५ जना पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन ।
कैलालीमा ५५ जना र कञ्चनपुरमा ३३ जनासँगै सुदुरपश्चिमका अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ८, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।