धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १११ नमूना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार धनगढीका २कैलालीका १२ र अन्य जिल्लाका ३ गरी १७ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्। पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ४ जना निको भई घर फर्किएका छन् । यस्तै पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2023/02/06, 1:34
2020/08/13, 6:02
2021/01/17, 4:03
2021/04/12, 11:48