धनगढीमा अनियमित विद्युत कटौती हुन थालेपछि युवा संघ नेपालले विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रलाई ज्ञापन पत्र बुझाएको छ । युवा संघका सुदूरपश्चिम अध्यक्ष बाबुराजा श्रेष्ठ सहितको टोलीले धनगढी बितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीलाई भेटेर विद्युत आपूर्ति सहज बनाउन माग गरेका हुन ।
विद्युत आपूर्ति सहज बनाउन केन्द्रका प्रमुख चौधरीले ५ बुँदें प्रतिबद्धता समेत जनाएका छन । युवा संघका अध्यक्ष श्रेष्ठका अनुसार फिडर थप गर्ने सम्बन्धमा हाल ६ फिडर भएकोमा १० सम्म पुराउने, धनगढी मा भएका ट्रान्सर्फमर हरु नया बढी क्षमता को राख्ने, नो लाइट सेवा लाई २४ घन्टा चुरुस्त दुरुस्त राख्ने, विद्युतको नोलाइट सम्बन्धितका जानकारी सामाजिक संजाल मार्फत पनि गराउने र पुराना एसीसीआर कन्डक्टर तारहरु बिस्तारै परिवर्तन गर्ने लगायतका बुँदामा प्रमुख चौधरीले प्रतिबद्धता जनाएका हुन ।
अनियमित विद्युत कटौतीले धनगढीबासी मारमा परेका छन । धनगढीको गर्मीमा बेला बेला विद्युत सेवा अवरुद्ध हुन थाले पछि जनताहरु आक्रोसित हुन थालेका छन । युवा संघ नेपाल सुदूरपश्चिमले यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारीलाई पनि विद्युत सेवा नियमित गर्न ज्ञापन पत्र बुझाएको थियो ।