
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले कञ्चनपुर जिल्ला कारागारको अनुगमन गरेकी छन् । सुदूरका ९ वटै जिल्ला कारागारको अनुगमन तथा निरिक्षण गर्ने योजना अन्तर्गत मन्त्री जोशीले सोमबार कञ्चनपुर जिल्ला कारागारको अनुगमन गरेकी हुन ।
अनुगमनको क्रममा उनले कारागारको भौतिक सुधारका लागि प्रदेश सरकारले काम गर्ने बताएकी छन् । कञ्चनपुर जिल्ला कारागारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी रहेको भेटिएको मन्त्री जोशीले जानकारी दिइन् । भौतिक संरचना जीर्ण, कैदीबन्दी क्षमताभन्दा बढी, खाना बस्नको व्यवस्था समेत राम्रो नभेटिएको बताउँदै मन्त्री जोशीले प्रदेश सरकारले यसको व्यवस्था गर्ने बताएकी छन ।
मन्त्री जोशीले कारागार भित्र रहेका सबै समस्याको समाधानको लागी पहल गर्ने बताइन् । यस्तै उनले कैदीबन्दीलाई सिपमुलक तालिम प्रदान गरी आयआर्जनमा समेत लगाउने आश्वासन दिइन् । प्रदेशका कारागारहरुको पूर्वाधारलाई व्यवस्थित बनाउने र कैदीबन्दीलाई उत्पादनमुलक काममा सहभागी गराउने योजना सहित आफुले कारागारको अनुगमन गर्ने गरेको मन्त्री जोशीले उल्लेख गरिन् ।
यसअघि मन्त्री जोशीले कैलाली जिल्ला कारागारको पनि अनुगमन तथा निरिक्षण गरेको थिइन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18