कञ्चनपुरमा मदिरा सेवनपछि विवाद र कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको विवाद र कुटपिटपछि भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीका ३२ वर्षीय गणेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कुटपिटपछि घाइते भएका बोहराको महाकाली अस्पताल ल्याउने क्रममा सोमबार बिहान बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतक बोहरा र स्थानीय प्रकाश पालबीच मदिरा सेवनपछि कुटपिट भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार उनीहरुको मदिरा सेवनपछि एकआपसमा कुटपिट भएकोे भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले बताए । बोहराको शव महाकाली अस्पतालमा राखिएको छ । मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन ।
यता कुटपिटबाट बोहोराको मृत्यु भएपछि आरोपित प्रकाश पाल सहित ५ जना पक्राउ परेका छन् । पाँचै जनामाथि अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै हत्या भएको हो वा होइन भनेर भन्न सकिने लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।