कञ्चनपुरमा जारी निषेधाज्ञा असार मसान्तसम्म थपिएको छ। कोभिड संक्रमणको जोखिम कायमै रहेको र संक्रमणलाई नियन्त्रण गर्न जारी निषेधाज्ञाको अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।
आज (सोमबार) बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञाको अवधि असार मसान्तसम्म थप्ने निर्णय गरेको हो। आज राति १२ बजेदेखि लागु हुनेगरि असार ३१ गतेसम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए।
जिल्लाभर पार्टी प्यालेस, पुस्तकालय, सिनेमा हल, जात्रा, मेला, सभा समारोह, जुलुस लगायतका कार्यक्रमहरु सनचालन गर्न नपाईने भएको छ। यस्तै विवाह ब्रतवन्धजस्ता कार्यहरुमा १० जनासम्म मात्र भेला भएर स्वास्थ्य सर्तकता अपनाएर मात्रै गर्न पाउने जनाईएको छ।
सवारी साधनको हकमा भने स्वीकृत सिट क्षमता अनुसार सञ्चालन गर्न पाईने भएको छ।