वडा कार्यालयको ताला एक हप्तादेखि खुलेन
2020/06/09, 5:25
 
tala

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको तालावन्दस् अझै खुलेको छैन् । ताला लागेको एक हप्ता बितिसक्दा पनि ताला खुलाउन तर्फ  कसैको ध्यान गएको छैन ।

लकडाउन प्रभावित नागरिकलाई राहत वितरण नगरेर कार्यकर्ता र आसेपासेलाई दिएको भन्दै वडा कार्यालयमा ताला लगाइएको थियो । पार्टी निकट र आसेपासेहरुलाई मात्र राहत दिएको आरोप वडा बासीले लगाउदै आएका छन्  ।

लकडाउनले मारमा परेकाहरुलाई राहत नदिएको भन्दै उनीहरुले ताला लगाएका थिए । एक हप्ता वितिसक्दा पनि ताला खुलाउन तर्फ जनप्रतिनिधिको ध्यान गएको छैन । राहत नपाएको भन्दै तालाबन्दी गरेका वडावासीहरुले अझै राहत नपाएको स्थानीय बिक्की ओझाले बताए ।