मंगलबार सेती प्रयोगशालामा ३९ जनामा कोरोना पुष्टि
2021/07/06, 3:06
 
dd

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगबार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १०५ नमूना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका २० कैलालीका ११ र अन्य जिल्लाका ८ गरी ३९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । हाल अस्पतालमा १० जना संक्रमित उपचाररत छन्। 

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ३ जना निको भई घर फर्किएका छन्  भने २ जना अस्पतालमा भर्ना भएका छन् ।   यस्तै पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।