पुनर्वास नगरपलिकाको कर अनलाईनबाट बुझाउन सकिने
2021/07/07, 9:48
 
dd

कञ्चनपुरको पुनर्वास नगरपलिका कार्यालयलाई बुझाउनुपर्ने कर अव अनलाईन प्रणालिबाट बुझाउन सकिने भएको छ ।यस प्रणालिले नगरवासीलाई सजिलो हुने अपेक्षा गरिएको छ ।

कोभिड १९ को महामारीका कारण नागरिक आफै नगरपलिकामा कर बुझाउनुपर्ने प्रावधान रहँदै आएकोमा अव अनलाईन प्रणालीबाट करदाताले नगरपालिका कार्यालयको कर पोर्टलमा आफ्नो युजर बनाइ तथा ईसेवा तथा आएमई पे एपबाट सहजै तिर्न सकिने छ ।

नगरपालिकाको कार्यालयले मंगलबार एक कार्यक्रम आयोजना गरि अनलाइन विधुतिय प्रणालीबाट राजस्व भुक्तानी गर्न सकिने प्रणालीको नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले नगरपालिकालाई प्रविधि मैत्री बनाउन, सेवाग्राहीहरूको समयको बचत गरी घरमै बसेर अनलाइनबाट कर तिर्न सकुन भन्ने उद्देश्यले नगरपालिकाले बिधुतीय कर प्रणाली सेवाको सुरुवात गरेको बताए । सेवाग्राहीहरुलाई नगरपालिकालाई तिर्नुपर्ने सम्पुर्ण कर बिना झन्झट https://eservice.punarbasmun.gov.np/ वेबसाईटमा लगईन गरि ईसेवा र आईएमई पे मार्फत भुक्तानी गर्न सकिने नगरपालिकाले जनाएको छ ।