
बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका-५ स्थित भित्रि सडकखण्डमा से२त २५८१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका -५ का ३१ वर्षीय सहचालक राज बहादुर चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटना मंगलबार राति ११ बजे भएको र दुर्घटनामा ट्रयाक्टरमा सवार सोही ठाउँका ३५ वर्षीय डम्बर चन्द सामान्य घाइत भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले बताए।
चालक डडेल्धुराको परशुराम नगरपालिका -५ का ४७ वर्षीय मान बहादुर ठगुन्नालाई इलाका प्रहरी कार्यालय पसदेही मेलौलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11