सुदूरपश्चिममा थप ४४ जनामा कोरोना पुष्टि हुँदा १२ जना निको, मृत्यु हुनेको संख्या शून्य
2021/07/07, 6:35
 
aa

सुदूरपश्चिम प्रदेशमा बुधबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १२ जना संक्रमित निको भई घर फर्किएका छन ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा ७९५ नमुना परीक्षण गरिएको छ । जसमध्ये ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालमा १ जना, सेती अस्पतालमा २१ जना, बैतडी अस्पतालमा ४ जना र महाकाली अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।