
कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं.८ बाट सोमबार बेपत्ता बालकको शव फेला परेको छ । ६ बजे टिकापुर नगरपालिका ४ बागमारा स्थित जमरा कुलाको किनारमा फेला परेको शव हराएका बालकको रहेको प्रहरीले पुष्टि गरेको छ । स्थानीय दिलिप बिस्टका करिब ३ वर्षका छोरा विवेक सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए ।

पानीमा डुबेको अवस्थामा शव फेला परको छ। उनले कानमा लगाएको सुन भेटिए पनि चादिको बाला फेला नपरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18