
दार्चुलाको नौगाड गाउँपालिकामा बाढीले दुई वटा घर बगाएको छ । नौगाड गाउँपालिका–३ जामिरका स्थानीय नन्दु ठगुन्ना र गोठे टमटाको घर खार खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

खोला किनाराका अरु घरहरु पनि पहिरोको जोखिममा रहेको स्थानीय प्रकाशसिंह धामीले जानकारी दिए । पहिरोमै परेर एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा अन्दाजी ३० वर्षीय लक्ष्मण सितोली रहेका छन् ।
बुधबार रातीको अबिरल बर्षाका कारण स्थानीयको घरहरूका साथै लघुजलविद्युत परियोजना र झोलुगें पुलमा समेत क्षति पुगेको छ । घटनास्थलमा अहिले स्थानीयका साथै दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटिएर उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 7:04
2021/05/16, 11:10
2021/12/14, 12:33