
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार गरिएको परीक्षणमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८९ नमूनाको परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै ७७ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
हाल अस्पतालमा १३ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना संक्रमित आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पताले जनाएको छ । यस्तै आज नै ३ जना बिरामी निको भएर घर फर्किएका छन भने ४ जना अस्पतालमा भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11