दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुई सहित तीन जनाको मृत्यु, दर्जनौँ घर जोखीममा  
2021/07/08, 5:37
 
dd

दार्चुलामा हिजो राति परेको अबिरल बर्षाका कारण पहिरोले पुरिएर एकै परिवारका दुई सहित तीन जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ देउलाडमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोले घर पुरिदा ७२ वर्षीया देवरुदेवी ठगुन्ना, ३ महिनाकी नातनी मञ्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितोलीको मृत्यु भएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए । तीनै जनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ । घरमाथिबाट एक्कासी बाढि पहिरो आएपछि बिहीबार बिहान घर पुरिएको हो । नौगाडमा ३ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने दर्जनौ घरहरु बाढीको उच्च जोखिममा रहेका उनले बताए  । 

बाढी गएको क्षेत्रमा उद्धार गर्न बाटो अवरुद्ध भएको छ । पहिरोले जामीरमा रहेको झोलुंगे पूल बगाएको छ । जामिर खोलामा बाढी पसेपछि एक गाउँबाट अर्को गाउँ जाने बाटोहरु बन्द भएकोले मान्छेहरुको आवत जावत ठप्प रहेको छ । खहरेखोलामा पानीका अत्याधिक आएकाले के कति क्षति गरेको छ जानकारी हुन सकेको छैन । नेपाल प्रहरीलाई समयमा पुग्नु पर्ने भए पनि बाटो अबरुद्धका कारण ज्यान जोखिममा राखेर होपरीगाड बाट प्रहरी पुगेको अध्यक्ष धामीले बताए ।

घट्नास्थलमा प्रहरी चौकी दल्लेखबाट र होपरीगाडबाट प्रहरी खटिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले बताए । “अहिले जिल्लाबाट थप सुरक्षाकर्मी घट्नास्थलमा खटाइएका छौँ ।” उनले भने,  “आवश्यक परे थप प्रहरी पठाएर उद्धार गर्ने छौँ ।” 

 

जलविद्युत आयोजना बाढीले बगायो
नौगाड गाउँपालिका ३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना पूर्ण रुपमा ध्वस्त बनाएको नौगाडका स्थानिय हरकसिंह धामीले बताए । विद्यूत पूरै बाढिमा परेको छ । निर्माण  गर्न सकिने सम्भावना छैन् । “बाढीले खार र जामिर जोड्ने झोलुंगे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि बगाएको छ ।” धामीले भने, अझै कति वटा घर क्षति भए भन्ने एकिन विवरण खुलेको छैन् ।”

देथला खार खलंगा जोड्ने सडक अवरुद्ध हुँदा समस्या 
गोकुलेश्वर हुँदै देथला खार खलंगा जोड्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशको गौरब योजना अन्तर्गत अहिले कालोपत्रे भइरहेको सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडकको ठाउँ ठाउँमा खोला बढेको छ । सडक पूरै भासिएका छन् । यातायात सञ्चालन हुन सक्ने अवस्था नरहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए ।  

शव ब्यवस्थापनमा समस्या
बाटो अबरुद्ध हुदा मृतकको शवको पोष्टमार्टम गर्न समस्या भएको छ । नौगाड गाउँपालिका बाट शैल्यशिखर नगरपालिकाको गोकुलेमा पोष्टमाटम हुने भए पछि गोकुलेश्वर अस्पताल पुर्याउन निकै गाहो्र भएको अध्यक्ष धामीले बताएका छन् । “घरमा एक बिरामी हँदा बोक्ने मान्छे त छैनन का यि तीन सब बोक्ने मान्छे हुनु ।” अध्यक्ष धामीले भने,“सडक नभएपछि बोकेरै लिनुपर्ने अवस्था छ । बाटो घाटो सडक सबै भत्किएका छन् । बोकेर लानु भन्दा अर्को बिकल्प छैन् ।”

नौगाड बासिलाई बर्षनी बाढीको चिन्ता 
नौगाडमा तीन वर्षदेखि निरन्तर बाढी र पहिरोको जोखिममा पर्दै आएको छ । गत बर्ष पनि नौगाड गाउँपालिका वडा न ४ होपरीमा बिधुतको नहर भत्कीएर पहिरो जाँदा एकै घरका बुवा छोरी गरी २ जनाको ज्यान गएको अध्यक्ष धामीले बताए ।नौगाड बासिलाई बर्षनी बाढीको चिन्ता हुदै आएको छ । अब हाम्रो माग तिनै तहका सरकार सित हामीहरुलाई सुरक्षीत ठाउँमा बसोबास गरी दिन अनुरोद गर्द छौँ नौगाडका स्थानिय हरकसिंह धामीले दुखेसो पोखे । बिगतका बर्षहरुमा यस्तो भएन ३ बर्ष जति हुन लाग्यो बाढीले रातिको निद्रा छैन  र दिउँसो खाना छैन अब हामीहरुले के कसो गरी सुरक्षीत बस्नु हो नौगाडका स्थानिय गजेन्द्र सिंह ठगुन्नाले दुख पोखे ।