
डडेल्धुरामा मृत फेला परेका युवकको खल्तीमा ब्राउन सुगर भेटिएको छ।

जिल्ला सदरमुकाम बागबजार घर नजिकै मृत फेला परेका २३ वर्षीय युवक दीपेन्द्र धामीको खल्तीमा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। कागजमा बेरेर राखेको ब्राउन सुगर फेला परेको उनले बताए।
धामी भीमदत्त चोक नजिक एक पसलको बाहिर मृत अवस्था फेला परेका थिए। शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र अहिलेसम्म मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 9:27
2021/12/03, 12:27
2023/01/18, 12:52
2024/11/30, 1:37