
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १०२ नमूनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै ८८ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
हाल अस्पतालमा १३ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमित आईसीयू, २ जना भेन्टिलेटर र ८ जना अक्सिजनको सर्पोटरमा उपचाररत रहेको छन् ।

२ जना बिरामी निको भएर घर फर्किएका छन भने २ जना अस्पतालमा भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45